सीमा नाकामा फहराइयो राष्ट्रिय झण्डा

हिमाल प्रेस २० भदौ २०८० १९:००
88
SHARES
सीमा नाकामा फहराइयो राष्ट्रिय झण्डा

सर्लाही- नेपाल र भारतको सीमा जोडिने सर्लाहीको मुख्य नाका मलंगवा नगरपालिका-८ मा एक सय आठ फिट उचाइमा राष्ट्रिय झण्डा फहराइएको छ। मलंगवाको सोनवरसा सीमा नाकामा प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको पार्कमा राखिएको राष्ट्रिय झण्डा मधेश प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले फहराएका हुन्।

सो अवसरमा अर्थमन्त्री यादव र मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्रप्रसाद यादवले संयुक्तरूपमा पार्कको उद्घाटन गरे। कार्यक्रममा प्रदेश अर्थमन्त्री यादवले मधेश प्रदेशमा निर्माण गरिएको हजारौँ योजनामध्ये सर्लाहीको मुख्य सीमा क्षेत्रमा राष्ट्रिय झण्डा राख्नलाई निर्माण गरिएको योजना मधेश प्रदेशकै गौरवका रूपमा रहेको बताए।

‘यो देशमा पटकपटक मधेशीले राष्ट्रियताको परिचय दिनुपर्छ,’ अर्थमन्त्री यादवले भने, ‘कुनै पनि राष्ट्रको राष्ट्रियता झण्डामा मात्र निहित हुँदैन, राष्ट्रियता हरेक नागरिकको हृदयमा हुन्छ।’

देशमा शासन गर्नेले अहिले पनि राष्ट्रियता काठमाडौँमा खोज्ने गरेको उनले टिप्पणी गरे।

प्रकाशित: २० भदौ २०८० १९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 11 =