सुदन किराँती
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालमा पछिल्लो समय केही तत्वले नेपाली समाजको साम्प्रदायिकता भड्काउन खोजेको टिप्पणी गरेका छन्।
खेमराज गुरुङ ट्रष्टले बुधबार काठमाडौंमा आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्द उनले साम्प्रदायिकता भड्काउन केही तत्व लागिरहेको बताएका हुन्।
उनले नेपाल सबै जाति, धर्म र संस्कृतिको साझा फूलबारी रहेको भन्दै केही तत्वले साम्प्रदायिकताको मुद्दा उठाएर हात हाल्न नसक्ने बताए। नेपाली सबैले सहिष्णुता कायम गरी साम्प्रदायिकता खारेज गरी सुन्दर फूलबारीको रक्षा गर्न आवश्यक रहेको उनले बताए।
मन्त्री किरातीले पद, पैसाको पछि लागेपछि नेपालीले दुःख पाएको समेत टिप्पणी गरे।
प्रकाशित: २० भदौ २०८० १७:५३ | Wednesday, September 6, 2023
प्रतिक्रिया





