काठमाडौँ- नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले ‘होण्डा दसैं शुभ लाभ’ का विजेता घोषणा गरेको छ।
योजनाअन्तर्गत ग्राहकले प्रत्येक प्रदेशबाट एक/एक जना गरी ७ जनाले ७ लाख र बम्परमा लक्की ड्रमार्फत १५ लाख नगद उपहार पाएका छन्।
योजनाअन्तर्गत प्रदेश–१ बाट दुर्गादेवी सापकोटा, मधेश प्रदेशबाट अमितकुमार शाह, बागमतीबाट मनीषा बज्राचार्य विजेता बनेका छन्।
गण्डकी प्रदेशबाट कृष्णकुमार आले, लुम्बिनीबाट विष्णु पोखरेल, कर्णालीबाट सुनिता खत्री र सुदूरपश्चिम प्रदेशबाट लक्ष्मण भट्टले जनही एक/एक लाख नगद उपहार पाएका छन्।
त्यसैगरी चन्द्रबहादुर थापाले बम्पर उपहारमा १५ लाख प्राप्त गरेका छन्।
प्रकाशित: २९ मंसिर २०७९ १२:२२ | Thursday, December 15, 2022
प्रतिक्रिया




