ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालक गुरुङलाई हिरासतमा राखेर गलत गरियो : सुरेन्द्र पाण्डे

हिमाल प्रेस १७ भदौ २०८० १६:४३
ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालक गुरुङलाई हिरासतमा राखेर गलत गरियो : सुरेन्द्र पाण्डे

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अभियोग लागेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई हिरासतमा राखेर गलत काम गरिएको बताएका छ्न्।

आज आइतबार काठमाडौँमा नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको आर्थिक क्षेत्रका विद्यमान समस्या र चुनौती विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन्। पूर्व अर्थमन्त्रीसमेत रहेका पाण्डेले गुरुङले हिरासत बाहिर बसेर नै मुद्दा लड्न पाउनुपर्ने र अनुसन्धान पनि सोहीअनुसार हुनुपर्ने बताएका हुन्।

मीनबहादुरलाई हिरासतमा राख्दा अन्य व्यवसायीमा त्रास पैदा भएको उनको भनाइ छ। ‘सरकारले व्यवसायी मीनबहादुरलाई हिरासतमा राखेर गलत गरेको छ। उनको देशभर २८ वटा भाटभटेनी छन्, ती भाटभटेनीका बिल्डिङ बोकेर उनी भग्छन्?‍,’ पाण्डेले भने, ‘व्यवसायीलाई अपराधीजस्तो व्यवहार भयो, यो गलत हो। यसले व्यवसाय वृद्धि हुँदैन। यो सच्याउनुपर्छ।’

प्रकाशित: १७ भदौ २०८० १६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast