बीपीको ११० औँ जन्मजयन्ती सप्ताह मनाइँदै, दौड गरेर उद्घाटन

हिमाल प्रेस १६ भदौ २०८० ११:४०
74
SHARES
बीपीको ११० औँ जन्मजयन्ती सप्ताह मनाइँदै, दौड गरेर उद्घाटन

इटहरी- विश्‍वेश्वरप्रसाद कोइराला(बीपी)को ११० औँ जन्मजयन्तीको अवसर पारेर इटहरीमा बीपी सप्ताह कार्यक्रम सुरु भएको छ। शनिबार (आज) इटहरीमा कांग्रेस रन(दौड) गर्दै बीपी सप्ताहको उद्घाटन गरिएको हो।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं २, प्रदेशसभा (क)ले आयोजना गरेको कार्यक्रमलाई कांग्रेस केन्द्रीय सदस्य तथा नेविसंघका निवर्तमान अध्यक्ष राजीव ढुंगानाले उद्घाटन गरे। उनले कार्यक्रममा बोल्दै बीपीले नेपाली राजनीति र साहित्य क्षेत्रमा पुर्‍याएको योगदान जीवन्त रहने बताए।

बीपीको योगदान नेपाली राजनीति र साहित्यमा जीवन्त रहने बताउँदै जति व्याख्या गरेपनि अपूर्ण हुने ढुंगानाले बताए।
‘यसरी रनिङ कार्यक्रमको आयोजना गरेर पनि वीपीलाई स्मरण गर्र्नु अत्यन्त उदाहरणीय कुरा हो,’ उनले भने, ‘युवाहरूलाई खेलकुद, स्वास्थ्य र राजनीतिमा जोड्नका निम्ति यो किसिमको कार्यक्रम गर्दा खुशी लागेको छ।’

कांग्रेस रनमा कूल ५८८ जना धावक सहभागी थिए। पूर्वको इटहरी, धरान, विराटनगरसहित विभिन्न स्थानका धावकहरू सहभागी थिए। ५ किलोमिटरको दौडमा पुरुषतर्फ राजन मेन्याङ्बो प्रथम, दीपेश तामाङ द्वितीय र प्रशान्त तामाङ तृतीय भए।

यस्तै, महिलातर्फ इन्द्रकला नेङ्वाङ प्रथम, छेन्मिमाया राई द्वितीय र कल्पना राई तृतीय भए । उनीहरूलाई क्रमशः नगद १० हजार, आठ हजार र पाँच हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको नेपाली कांग्रेस सुनसरी क्षेत्र नं। २, प्रदेशसभा ९क० का सभापति सुबेक्छु देवान राईले बताए।

उनकाअनुसार मानसिक र शारीरिक स्वास्थ्यको जनचेतनाको लागि उक्त कार्यक्रम आयोजना गरिएको हो। ‘बढ्दो सहरीकरणले मानिसलाई हरेक दिन तनाव थपिरहेको छ,’ उनले भने, ‘युवाहरूमा थपिएको तनावको जस, अपजस सबै राजनीतिक दलले लिनुपर्छ । यसैले राजनीतिक दलको विकल्प, राजनीनितक दल नै हो भन्ने बुझाउन पनि यो कार्यक्रमको आयोजना गरिएको हो।’

उनले पछिल्लो समय युवाहरूमा बढ्दो राजनीतिक वितृष्णालाई खेलकुद र स्वास्थ्यसँग जोड्नका निम्ति र राजनीतिक दल नै देशमा विकल्प रहेको बुझाउन यो किसिमको कार्यक्रम आयोजना गरिएको बताए।

कांग्रेस प्रदेश प्रतिनिधि सुमित थापाको संयोजकत्वमा भएको कार्यक्रममा पार्टी प्रदेश सदस्य भीमबहादुर पौडेल, दामोदार दाहा, केशव भट्टराई, सुनसरी सभापति तथा इनरुवा नगरपालिकाका केदार भण्डारी, इटहरीका मेयर हेमकर्ण पौडेल, पूर्व राज्यमन्त्री सीताराम मेहता, जनता बहुमुखी क्याम्पस इटहरीका अध्यक्ष तथा कांग्रेस इटहरीका नेता विकास केसी लगायतले बोलेका थिए।

बीपी सप्ताह कार्यक्रमको पहिलो दिन कांग्रेस रन, भदौ १९ गते मंगलबार बीपी साहित्य सन्ध्या, २२ गते शुक्रबार वृक्षारोपण र २४ गते आइतबार वक्तित्वकला प्रतियोगिता गर्दै समापन गरिने सचिव चिन्तामणी सापकोटाले जानकारी दिए।

प्रकाशित: १६ भदौ २०८० ११:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast