अभियान सुरु गर्दै प्रचण्डले भने : जनतालाई हामी सुध्रन्छौ भनौँ

हिमाल प्रेस १६ भदौ २०८० १०:४०
2
SHARE
अभियान सुरु गर्दै प्रचण्डले भने : जनतालाई हामी सुध्रन्छौ भनौँ

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई आफूहरू सुध्रिन्छौ भन्नुपर्ने बताएका छन्।
शनिबार पार्टीको तीन महिने रूपान्तरण अभियानको उद्घाटन गर्दै उनले विगतमा जस्तो माओवादी नरहेकाले क्षमा माग्नुपर्ने बताए।

अध्यक्ष प्रचण्डले भने, ‘मेरो बाँकी जीवन देश र जनताको पक्षमा समर्पित गर्नेछु। समाजवादी आन्दोलनको नेतृत्व लिएर अगाडि बढ्नेछु।’ आजदेखि सुरु भएको विशेष रूपान्तरण अभियानले माओवादी फेरि बलियो शक्ति बनाउने विश्वास लिएका छन्।

उनले माओवादी इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै विशेष अभियानबाट पार्टी एकताबद्ध भई माओवादी फेरि बलियो बन्ने दाबी गरे। यो अभियानले संगठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्त्वपूर्ण हुने उनको भनाई छ ।

सरकारले नक्कली शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन काण्डमा निष्पक्ष पूर्वक गरिएको कामले सरकारको प्रशंसा भएको प्रचण्डको जिकिर थियो। उनले परिवर्तनलाई उल्टो गतिमा लैजाने चेष्टा भइरहेको भन्दै त्यसकाविरुद्ध सिंगो पार्टी एकताबद्ध हुन आग्रह गरे।

उनले सरकालाई काम गर्न नदिन घेराबन्दी गरिएको भन्दै थप जिम्मेवार बनाएको समेत बताए।

प्रकाशित: १६ भदौ २०८० १०:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast