एसिया कप : श्रीलंकालाई बंगलादेशले दियो १६५ रनको लक्ष्य

हिमाल प्रेस १४ भदौ २०८० १८:५८ | Thursday, August 31, 2023
एसिया कप : श्रीलंकालाई बंगलादेशले दियो १६५ रनको लक्ष्य

काठमाडौँ- एसिया कप २०२३ अन्तर्गत दोस्रो खेलमा बंगलादेशले श्रीलंकालाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ।

श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार टस जितेर ब्याटिङ गरेको बंगलादेशले ४२.४ ओभरमा सबै विकेट गुमाएर १६४ रन बनाएको हो। बंगलादेशका लागि नजमुल हुसेन शान्टोले सर्वाधिक ८९ रन बनाए।

श्रीलंकाका लागि मथिशा पथिरानाले ७.४ ओभर बलिङ गर्दै ३२ रन खर्चेर ४ विकेट लिए। यसअघि प्रतियोगिताको पहिलो खेलमा पाकिस्ताउनले नेपाललाई हराएको थियो। प्रतियोगिताको अर्को खेल शनिबार भारत र पाकिस्तानबीच श्रीलंकामै हुनेछ।

एसिया कप २०२३ : बाबर आजमलाई रोक्न सक्ने यी भारतीय बलर

प्रकाशित: १४ भदौ २०८० १८:५८ | Thursday, August 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast