गाईजात्रामा शुभकामना दिँदै प्रधानमन्त्रीले भने : अर्थतन्त्र लयमा फर्किन्छ

हिमाल प्रेस १४ भदौ २०८० ९:३७
6
SHARES
गाईजात्रामा शुभकामना दिँदै प्रधानमन्त्रीले भने : अर्थतन्त्र लयमा फर्किन्छ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गाईजात्रा र जनैपूर्णिमाको शुभकामना दिँदै आज अर्थतन्त्रलाई लयमा फर्काएर विकास र समृद्धिको क्षेत्रमा तीव्रता दिने संकल्प गरेका छन् ।

पछिल्लोसमय सरकारको तर्फबाट जे-जति पहल लिइएका छन्, ती सबै देशको समुन्नति र जनताको बृहत्तर हितको चाहनाद्वारा परिलक्षित भएको उनको दाबी छ ।

‘वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित मुलुकमा विद्यमान विकृति, बिसंगति, भ्रष्टाचार, बेथितिको अन्त्य गरी सुशासन कायम गर्न, व्यवस्थामा आएको गुणात्मक परिवर्तनअनुरूप जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन तथा विभिन्न महामारी, विश्व भूराजनीतिक संकट र हाम्रो आफ्नै व्यवस्थापकीय कौशलताको सीमाका कारण अप्ठ्यारो परिस्थितिमा रहेको अर्थतन्त्रलाई लयमा फर्काएर विकास र समृद्धिको क्षेत्रमा तीव्रता दिने संकल्पमा छ,’

उनले आज जारी गरेको शुभकाना सन्देशमा भनेका छन्, ‘पछिल्लोसमय सरकारको तर्फबाट जे-जति पहलहरू लिइएका छन्, ती सबै देशको समुन्नति र जनताको बृहत्तर हितको चाहनाद्वारा परिलक्षित छन् । तसर्थ, यस ऐतिहासिक अवसरमा इतिहासदेखि कायम हुँदै आएको हाम्रो एकता र सद्भावलाई राष्ट्र र जनताको हित एवं विकासका पक्षमा थप उचाइमा पुर्‍याउनसमेत आम जनसमुदायमा हार्दिक अपील गर्दछु।’

प्रकाशित: १४ भदौ २०८० ९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast