काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताले मुलुकलाई झनै अस्थिर र कमजोर बनाएको भन्दै अब विकल्प खोज्नुपर्नेमा जोड दिएका छन्।
मकवानपुरको हेटौंडामा आयोजित कार्यक्रममा थापाले देशको राष्ट्रियता कमजोर भएको, विदेशी प्रभाव र दबाब बढेको, आर्थिक क्षेत्र संकटग्रस्त हुँदै गएको बताए।
भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, कठघरामा उभ्याउनुपर्ने सरकार आफैँ भ्रष्टाचारमा लिप्त भएको भन्दै थापाले भ्रष्टाचारीहरू दण्डित हुनुको सट्टा मुलुकमा ब्रह्मलुट गरेको बताए। नेपालमा राजासहितको प्रजातन्त्रको मौलिक राज्यप्रणाली अहिलेको आवश्यकता भएको समेत उनले जिकिर गरे।
धर्म, संस्कृती र पहिचानलाई मेटेर मुलुकको हित नहुने भन्दै उनले अब दुर्घटनाउन्मुख मुलुक जोगाउन जनता सडकमा आउनुपर्ने आवश्यकता औँल्याए।