काठमाडौँ- स्विटजरल्यान्डको प्रख्यात आइसक्रिम ब्रान्ड नेपाली बजारमा भित्रिएको छ। केएल दुगड समूहले आयात गरेको मुभएनपिकमा कुनै पनि कृत्रिम तत्व वा स्वाद प्रयोग नगरिएको कम्पनीको दाबी छ।
काठमाडौँको ठमेलस्थित ‘ठमेल- द कर्नर’मा यसको पहिलो आउटलेट राखिएको छ। आउटलेट दैनिक बिहान ११ बजेदेखि राति ११ बजेसम्म खुला रहने छ। साथै शुक्रबार र शनिबार राति २ बजेसम्म खुला रहने कम्पनीको भनाइ छ।
प्रकाशित: १३ भदौ २०८० १२:०२
प्रतिक्रिया