लुम्बिनीमा बन्याे १२ सदस्यीय समाजवादी माेर्चा

हिमाल प्रेस १३ भदौ २०८० ८:१५ | Wednesday, August 30, 2023
लुम्बिनीमा बन्याे १२ सदस्यीय समाजवादी माेर्चा

लुम्बिनी- समाजवादी मोर्चा नेपालकाे लुम्बिनी प्रदेश समन्वय कमिटी घोषणा भएको छ। बुटवलमा सन्देश सभामा चार दलका १२ जना सदस्य रहेकाे किमिटी घाेषणा गरिएकाे हाे।

मोर्चामा सबै दलका प्रदेश अध्यक्ष सहभागी छन्। नेकपा माओवादी केन्द्रबाट सुदर्शन बराल, दुर्गाबहादुर थारु र कृष्ण अधिकारी, नेकपा एकीकृत समाजवादीबाट सोमप्रसाद पाण्डे, निर्मल सुवेदी र मेटमणि चौधरी रहेका छन् । त्यस्तै नेकपाबाट बसन्त, नारायण र सम्झना रहेका छन्। जनता समाजवादी पार्टीबाट नवीनकुमार सुनुवार, अशोक यादव र मनिकर कार्की रहेका छन्।

माेर्चाकाे संयाेजक भने ताेकिएकाे छैन। केन्द्रमा नेकपा एकीकृत समाजवादी संयाेजक रहेकाले प्रदेशमा पनि त्यही हुने नेकपा माओवादी केन्द्र लुम्बिनी अध्यक्ष सुदर्शन बरालले जानकारी दिए।

लुम्बिनीकाे सन्देश सभा र घाेषणासभा भने नेकपाकाे संयाेजकत्वमा भएकाे थियाे। मोर्चाले १५ बुँदे अवधारणपत्र पनि सार्वजनिक गरेको छ। त्यस्तै मोर्चाले लुम्बिनी प्रदेश, जिल्ला र वडासम्म गर्ने सांगठनिक कार्यको विवरणदेखि जिम्मेवारीसम्म तोकेको छ।

मोर्चाले जिल्ला तहमा मोर्चामा आबद्ध सबै पार्टीबाट २र२ जना रहेको समिति बनाउने भएको छ। लुम्बिनी प्रदेश समन्वय कमिटीको नेतृत्व प्रत्येक चार महिनामा फेरिनेछ।

प्रकाशित: १३ भदौ २०८० ८:१५ | Wednesday, August 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast