काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा एमाले नेताहरू चीन भ्रमणमा जाने भएका छन्।
महासचिव पोखरेलसहितका नेताहरू आगामी शनिबार (भदौ १६ गते) चीन भ्रमणमा जान लागेका हुन्।
भ्रमण टोलीमा को-को जाने भनेर टुंगो लाग्न बाँकी रहेको एमाले स्रोतले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्ड ५–७ असोजमा चीनको भ्रमण गर्ने तय भएको छ। त्यसअघि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागले एमाले नेताहरुलाई बोलाएको हो।
ग्वान्झाओ हुँदै बेइजिङ पुग्ने एमाले नेताहरु उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
प्रकाशित: १३ भदौ २०८० ८:०५ | Wednesday, August 30, 2023
प्रतिक्रिया




