आज धनगढीमा समाजवादी मोर्चाको भेला, क-कसले गर्दैछन् सम्बोधन?

हिमाल प्रेस १३ भदौ २०८० ६:४५ | Wednesday, August 30, 2023
आज धनगढीमा समाजवादी मोर्चाको भेला, क-कसले गर्दैछन् सम्बोधन? फाइल तस्बिर

काठमाडौँ- समाजवादी मोर्चा नेपालले आज धनगढीमा सन्देश सभाको आयोजना गर्ने भएको छ।

सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

सन्देश सभालाई मुख्य गरी मोर्चामा रहेका चार दलका नेताहरूले सम्बोधन गर्ने भएका हुन्। सन्देश सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने छन्।

मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्ने भएको छ । सम्बोधनका क्रममा नेताहरूले समसामयिक विषयमा आफ्नो र मोर्चाको धारणा राख्दै आएका छन् ।

प्रकाशित: १३ भदौ २०८० ६:४५ | Wednesday, August 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast