पाकिस्तानलाई कडा टक्कर दिन्छौँ : कप्तान पौडेल

हिमाल प्रेस १२ भदौ २०८० २०:५२ | Tuesday, August 29, 2023
पाकिस्तानलाई कडा टक्कर दिन्छौँ : कप्तान पौडेल

काठमाडौँ- नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले पाकिस्तानविरुद्धको खेलमा खरो रूपमा उत्रने बताएका छन्। मंगलबार पाकिस्तानको मुल्तानमा भएको पत्रकार सम्मेलनमा उनले पाकिस्तानलाई कडा टक्कर दिने गरेर खेल्ने बताएका हुन्।

‘पाकिस्तान र नेपालको बलिङ/ब्याटिङ समान हो तर पाकिस्तानी खेलाडीहरूसँग अनुभव बढी छ,’ उनले भने, ‘पहिलोपटक एसिया कपमा पाकिस्तानसँग खेल्न पाउँदा खुसी पनि लागेको छ।’ उनले पाकिस्तानको आतिथ्यताको प्रशंसा पनि गरे। बुधबार एसिया कपको उद्घाटन हुँदैछ। पहिलो खेल नेपाल र पाकिस्तानबीच नेपाली समयअनुसार दिउँसो ३ः१५ मा हुनेछ।

एसिया कपमा ६ टिमको सहभागिता छ। दुई समूहमा खेलाइने प्रतियोगितामा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन्। त्यस्तै अफगानिस्तान, बंगलादेश र श्रीलंका समूह ‘बी’ मा छन्।

प्रकाशित: १२ भदौ २०८० २०:५२ | Tuesday, August 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast