डेंगु संक्रमणबाट मृत्यु

हिमाल प्रेस १२ भदौ २०८० १०:०२ | Tuesday, August 29, 2023
डेंगु संक्रमणबाट मृत्यु सांकेतिक तस्बिर।

कञ्चनपुर‍- बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेंगु रोगको संक्रमणबाट सोमबार राति मृत्यु भएको छ।

बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा खत्रीको कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो। एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि उनलाई परिवारजनले उपचारका लागि धनगढी लगेका थिए।

भारतबाटै डेंगुको संक्रमण भएको वा यहाँ फर्केपछि संक्रमण भएकोबारे जानकारी हुन नसकेको वडाध्यक्ष रानाले बताए।

डेंगु सार्ने लामखुट्टेका लार्भा तथा फुल नष्ट गर्नका लागि वडामा विशेष अभियान सञ्चालन गर्नका लागि नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिए। रासस

प्रकाशित: १२ भदौ २०८० १०:०२ | Tuesday, August 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast