प्रधानसेनापति शर्मा र भारतको नेसनल डिफेन्स कलेजको भ्रमण दलबीच भेटवार्ता

हिमाल प्रेस ११ भदौ २०८० १९:४८ | Monday, August 28, 2023
प्रधानसेनापति शर्मा र भारतको नेसनल डिफेन्स कलेजको भ्रमण दलबीच भेटवार्ता

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा र भारतको नेसनल डिफेन्स कलेजका भ्रमणदलका प्रतिनिधिबीच भेटवार्ता भएको छ। सोमबार जंगी अड्डास्थित शर्माको कार्यकक्षमा भेट भएको हो।

भेटमा दुई पक्षीय चासोका विषयमा छलफल गरिएको नेपाली सेनाले जानकारी दिएको छ।

भारतीय नेसनल डिफेन्स कलेका फ्याकल्टी तथा उक्त कलेजमा सञ्चालन भइरहेको ६३औँ नेसनल डिफेन्स कोर्समा सहभागी जर्मनी, बंगलादेशी, श्रीलंका, साउदी अरेबिया, बेलायत, ओमान र भारतका गरी २ सदस्यीय भ्रमण दल रहेको थियो।

भ्रमण दलको नेतृत्व भारतीय नेसनल डिफेन्स कलेजका एयर भाइस मार्सल मनिषकुमार गुप्ताले गरेका थिए।

प्रकाशित: ११ भदौ २०८० १९:४८ | Monday, August 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast