रास्वपाले उम्मेदवारी फिर्ता लिएसँगै जनमतका अब्दुल उद्योग, वाणिज्य समितिको सभापति सर्वसम्मत

हिमाल प्रेस ११ भदौ २०८० १६:०० | Monday, August 28, 2023
रास्वपाले उम्मेदवारी फिर्ता लिएसँगै जनमतका अब्दुल उद्योग, वाणिज्य समितिको सभापति सर्वसम्मत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिको सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिएको छ। रास्वपाले आफ्ना सांसद गणेश पराजुलीलाई उद्योग तथा वाणिज्य समितिको सभापतिमा उम्मेदवार बनाएको थियो। सोहीअनुसार आइतबार उनको उम्मेदवारी दर्ता पनि भएको थियो।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आफ्नो दलको उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए। पराजुलीको उम्मेदवारी फिर्ता भएसँगै जनमत पार्टीका अब्दुल खान सर्वसम्मत उद्योग तथा वाणिज्य समितिको सभापति बनेका छन्।

सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी मिलेर समितिको सभापित कुन दलको कति कसले लिने भनेर भागबन्डा गरेका थिए। भागबन्डामा रास्वपा र राप्रपा बाइपासमा परेका थिए। तर आइतबार राप्रपालाई पूर्वाधार समितिको सभापति दिएर गठबन्धनले रास्वपा एक्लैलाई बाइपास गरेका छन्।

प्रकाशित: ११ भदौ २०८० १६:०० | Monday, August 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast