आन्दोलनका लागि रकम संकलनमा जुटे डडेल्धुराका शिक्षक

हिमाल प्रेस ११ भदौ २०८० ९:४१ | Monday, August 28, 2023
आन्दोलनका लागि रकम संकलनमा जुटे डडेल्धुराका शिक्षक विद्यालय शिक्षा विधेयकको विराेध गर्दै धर्नामा बसेका शिक्षकहरू।

काठमाडौँ- डडेलधुराका शिक्षकहरूले सरकारविरुद्ध आन्दोलनका लागि रकम सहयोग माग गरेका छन्। विद्यालय शिक्षा विधेयकस्परूप भइरहेको आन्दोलनका लागि  शिक्षकहरूले तोकेरै रकम सहयोग माग गरेका हुन्।

शिक्षकहरूको प्रतिनिधि संस्था नेपाल शिक्षक महासंघ डडेलधुराले पत्रमार्फत सबैलाई सहयोग गर्न अनुरोध गरेको छ।

सबै स्थायी, करार, अस्थायी, राहत (राहत तथा साविक उच्च मावि), प्रविधिकधार, बालविकास, शिक्षण अनुदानमा कार्यरत शिक्षकलाई सहयोगका लागि महासंघले अनुरोध गरेको हो।

महासंघले विद्यालय कर्मचारीका लागि प्रति व्यक्ति १०० रुपैयाँ, बाल विकास शिक्षक १५० रुपैयाँ, प्राथमिक तह शिक्षकका लागि २०० रुपैयाँ, निम्न माध्यमिक तहका लागि ३००/४०० रुपैयाँ र माध्यमिक शिक्षका लागि ५०० रुपैयाँ तोकिएको छ।

उनीहरूलाई सहयोग रकम नेपाल बैंक लिमिटेड, शाखा डडेल्धुराको नेपाल शिक्षक महासंघको खातामा दाखिला गरिदिन अुनरोध गरिएको छ। महासंघ जिल्ला अध्यक्ष हेमराज ओझाका अनुसार खाता नं १६३००१०६३६२८८४०००००१ मा रकम हाल्दिन अनुरोध गरिएको छ।

 

प्रकाशित: ११ भदौ २०८० ९:४१ | Monday, August 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast