काठमाडौँ- नेकपा एकीकृत समाजवादी निकटको विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छिन्।
काठमाडौँमा सम्पन्न स्थायी कमिटीको तेस्रो पूर्ण बैठकले अध्यक्षमा लामालाई चयन गरेको हो ।
संगठनको महासचिवमा महेश श्रेष्ठ नियुक्त भएका छन् । योसँगै अनेरास्ववियूले ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ ।
हालका महासचिव समेत रहेकी लामालाई अध्यक्षको जिम्मेवारी सुम्पिएर सुदेश पराजुली बिदा भएका छन् । उक्त कमिटीले २३ औं राष्ट्रिय अधिवेशन गराउनेछ ।
प्रकाशित: ११ भदौ २०८० ६:४२
प्रतिक्रिया