मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

हिमाल प्रेस ११ भदौ २०८० ६:३६
16
SHARES
मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडौँ- तेह्रथुमको म्याङलुङ नगरपालिका–९ मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

आइतबार अपराह्न ५ बजेतिर भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार म्याङलुङ नगरपालिका–८ का २४ वर्षिया सविन लिम्बु र २९ वर्षीया संगम तामाङको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सूचना अधिकारी प्रहरी निरीक्षक विद्यासागर मेहताका अनुसार को १४ प ८९२ नम्बरको रातो रङको पल्सर मोटरसाइकल म्याङलुङ जिरिखिम्ती सडकखण्डमा दुर्घटना भएको हो। तीव्र गतिमा रहेको मोटरसाइकल पैदलयात्रीलाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटनामा परेका हो।

दुवैजनाको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल तेह्रथुममा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ भदौ २०८० ६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − one =