काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)ले आफ्नो भागमा परेको संसदीय विषयगत समितिको सभापतिमा भानुभक्त जोशीलाई उम्मेदवार बनाउने भएको छ। गठबन्धन भागबण्डामा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति पाएको एकीकृत समाजवादीले जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
जोशी गत मंसिर ४ को निर्वाचनमा बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। प्रतिनिधिसभाको संसदीय समितिमा सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेले भागबन्डा गरेका छन्।
प्रकाशित: १० भदौ २०८० १२:२३ | Sunday, August 27, 2023
प्रतिक्रिया


