एकीकृत समाजवादीको युवा संघमा तीव्र मनमुटाव, दुई स्थानमा भेला जारी

हिमाल प्रेस ९ भदौ २०८० १३:०३ | Saturday, August 26, 2023
एकीकृत समाजवादीको युवा संघमा तीव्र मनमुटाव, दुई स्थानमा भेला जारी माधवकुमार नेपाल। फाइल तस्बिर।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको भातृ संगठन युवा संघ नेपाल भित्रको विवाद उत्कर्षमा पुगेको छ।

शनिबार काठमाडौँका दुई फरक फरक स्थानमा दुई गुटले बोलाएको भेलामा पार्टी अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल सम्बोधनका लागि नजाने भएका छन्।

संगठनका अध्यक्ष नरेश शाहीको गुटले काठमाडौँको कालोपुलमा भेला गरिरहेको छ भने उपाध्यक्ष नितेश पौडेलले बानेश्वरको अर्याल होटेलमा भेला गरिरहेका छन् ।

लामो समयदेखि आन्तरिक विवादमा रहेको युवा संघ नेपालभित्र भुसको आगोको रूपमा फैलिएको विवाद मिलाउन पार्टी सचिवालयलाई दिइए पनि सचिवालयले मिलाउन सकेको थिएन। युवा संघको आधिकारिक कमिटी शाही नेतृत्वको हो। तर असन्तुष्टि व्यक्त गर्दै पौडेल समूहले अर्को भेला बोलाएको हो। पौडेल समूहले समानान्तर कमिटी नै गठन गरिसकेको छ।

प्रकाशित: ९ भदौ २०८० १३:०३ | Saturday, August 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast