पार्टीको नाम-लोगोमा रहेका अनधिकृत सामाजिक सन्जाल हटाउँदै एमाले

हिमाल प्रेस ८ भदौ २०८० ७:५२ | Friday, August 25, 2023
पार्टीको नाम-लोगोमा रहेका अनधिकृत सामाजिक सन्जाल हटाउँदै एमाले नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ- नेकपा एमालेले अनधिकृत रूपमा पार्टीको नाम, लोगो, झण्डा वा नेताको नाम दुरुपयोग गरी सञ्चालनमा रहेका सामाजिक सन्जाल बन्द गराउने भएको छ।

पार्टीको गत साउन २९ गतेको सचिवालय बैठकले दिएको निर्देशनबमोजिम स्वदेश तथा विदेशमा अनधिकृत र अज्ञात व्यक्तिबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग गरी सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई बन्द गराउने भएको हो।

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले पार्टी र मातहतका कमिटी वा शुभेच्छुकले सञ्चालन गरेका सामाजिक सञ्जाललाई थप उपयोगी बनाउने बताउँदै अनधिकृत तथा नक्कली प्रयोगकर्ताको पहिचान गरी त्यस्ता सामाजिक सञ्जाल बन्द गरिने जानकारी दिए।

पार्टीपङ्ति तथा समाजमा भ्रम सिर्जना हुने गरी बनाइएका अनधिकृत सामाजिक सञ्जाल पहिचान गरी बन्द गर्ने तयारी भइरहेको उनले बताए।

 

प्रकाशित: ८ भदौ २०८० ७:५२ | Friday, August 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast