एकीकृत समाजवादीको १० औँ महाधिवेशन आउँदो माघ १४ बाट

हिमाल प्रेस ८ भदौ २०८० ६:२७ | Friday, August 25, 2023
एकीकृत समाजवादीको १० औँ महाधिवेशन आउँदो माघ १४ बाट

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले आगामी माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टीले माघमा गर्न लागेको महाधिवेशनलाई १० औँ महाधिवेशन भन्ने निर्णय गरेको छ। नेपाल नेतृत्वको पार्टी २०७८ भदौ २ मा गठन भएको थियो ।

भदौ ५ गते सुरु भएर ७ गते बिहीबार सम्पन्न सो पार्टीको छैठौ केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो। उसले एमालेसँग विद्रोह गरेर पार्टीको पुनर्गठन गरेकाले एमालेकै लिगेसी रहेको भन्दै दशौं महाधिवेशन गर्ने निर्णय गरेको दाबी गरेका छ।

बिहीबार सम्पन्न बैठकले महाधिवेशनको अगावै युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

बैठकले यही भदौभित्र सबै जनवर्गीय संगठनका अधिवेशन सम्पन्न गर्ने र आगामी असोजमा मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

प्रकाशित: ८ भदौ २०८० ६:२७ | Friday, August 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast