यी हुन् बालुवाटार जग्गा हडप्न संगठित किर्ते गरेको अभियोग लागेका २८६ जना [नामसहित]

हिमाल प्रेस ७ भदौ २०८० १५:३९ | Thursday, August 24, 2023
यी हुन् बालुवाटार जग्गा हडप्न संगठित किर्ते गरेको अभियोग लागेका २८६ जना [नामसहित]

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन संगठित रुपमै कीर्ते गरेको आरोपमा २८६ जनाविरुद्ध मुद्दा चलाउन सुझाव दिएको छ।

सीआईबीले प्रारम्भिक अनुसन्धानपछि २८६ जनालाई मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई सिफारिस गरेको हो। सिफारिसमा पूर्वमन्त्री, कर्मचारी, व्यापारी तथा बिचौलियालगायत परेका छन्।

सीआईबीले पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र संजय साहलगायतलाई प्रतिवादी बनाएको छ। सीआईबीले यी सबैलाई फरार सूचीमा पनि राखेको छ। तर, जोशी र गच्छदारले सीआईबीमै पुगेर बयानसमेत दिइसकेका छन्।

ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गर्ने निर्णय हुँदा प्रधानमन्त्री भएर सरकारको नेतृत्व गरिरहेका माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई पनि यसको प्रतिवादी बनाइएको छैन। उनीहरूलाई साक्षीको रुपमा सीआईबीले घरमै पुगेर बयान लिएको छ।

प्रकाशित: ७ भदौ २०८० १५:३९ | Thursday, August 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast