आन्दोलनबारे बृहत् छलफलमा शिक्षक महासंघ

हिमाल प्रेस ७ भदौ २०८० ८:३३ | Thursday, August 24, 2023
आन्दोलनबारे बृहत् छलफलमा शिक्षक महासंघ फाइल तस्बिर

काठमाडौँ- विद्यालय शिक्षा विधेयकको विरुद्धमा एकजुट हुन नेपाल शिक्षक महासंघले बृहत छलफल बोलाएको छ।

शिक्षक महासंघको परिचालन समितिको आयोजनामा हुने कार्यक्रममा मानवअधिकारवादी संघ, संस्था, विद्यालय, व्यवस्थापन समिति महासंघ, अभिभावक महासंघलाई चालु आन्दोलनको छलफल गर्न बोलाएको हो।

महासंघले छलफलका लागि शिक्षक महासंघका काठमाडौँमा भएका पदाधिकारी र सदस्य, शिक्षासँग सम्बन्धित संघसंस्थाका प्रदेश समितिका पदाधिकारीहरू र काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका महासंघ अध्यक्ष र सचिवलाई बोलाएको छ।

साथै काठमाडौँभित्रका विद्यालयका प्रधानाध्यापकलाई समेत महासंघले निमन्त्रणा गरेको छ। केही समयअघि मात्रै संसद्मा पेस गर्न मन्त्रिपरिषद्बाट पारित सोही विधेयकको शिक्षक महासंघले असन्तुष्ट जनाउँदै आएको छ।

विधेयक संशोधनपछि मात्रै पारित गर्न शिक्षक महासंघले दबाब दिइरहेको छ। अहिले विधेयकको विरुद्धमा शिक्षाक महासंघ, करार शिक्षक र निजी शिक्षाजन्य संघसंस्था समेत आन्दोलित छन्।

प्रकाशित: ७ भदौ २०८० ८:३३ | Thursday, August 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast