‘दराज मन्थ्ली पे डे योजना’का लागि सानिमा बैंकको सहकार्य

हिमाल प्रेस ६ भदौ २०८० १७:४७ | Wednesday, August 23, 2023
‘दराज मन्थ्ली पे डे योजना’का लागि सानिमा बैंकको सहकार्य

काठमाडौँ- ‘दराज मन्थ्ली पे डे योजना’का लागि सानिमा बैंकले दराजसँग सहकार्य गर्ने भएको छ। बैंकका ग्राहकलाई दराजमार्फत समान खरिदमा छुट उपलब्ध गराउने उद्देश्यले सहकार्य गर्न लागेको हो।

ग्राहकले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गरी दराजमार्फत सामान खरिद गर्दा यही भदौदेखि आगामी वर्ष २०८१ साउनसम्म प्रत्येक महिना ७ गते विशेष छुट पाउने छन्।

ग्राहकले डेबिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशत वा बढीमा ५ सय रुपैयाँसम्म छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा बढीमा साढे ७ सय रुपैयाँसम्म छुट पाउने छन्। क्रेडिट कार्ड प्रयोगकर्ता ले मासिक किस्ताबन्दी सुविधा पनि पाउने बैंकले बताएको छ।

प्रकाशित: ६ भदौ २०८० १७:४७ | Wednesday, August 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast