बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक। तस्बिर : प्रदीपराज वन्त।
काठमाडौँ- सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त राष्ट्रसङ्घको भ्रमण स्वीकृत गरेको छ।
सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ७८औँ महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्डको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
२०८० भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू
-धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने।
-धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६को उपदफा ९१० बमोजिम नेपाल धितोपत्र बोर्डलाई धितोपत्र दर्ता तथा निष्काशन ९सातौं संशोधन० नियमावली, २०८० संशोधन गर्न स्वीकृति प्रदान गर्ने।
-सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन भ्रमण कार्यक्रम स्वीकृत गर्ने ।
-जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने ।
-माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका पिता श्री हर्कबहादुर राईको ७६ वर्षको उमेरमा निधन भएकोमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै माननीय मन्त्रीलगायत शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्ने ।




