कांग्रेसको अनुशासन समितिले पायो पूर्णता, निर्वाचन समितिमा निवर्तमान महान्यायाधीवक्ता खाती मनोनीत

हिमाल प्रेस ५ भदौ २०८० १६:०३ | Tuesday, August 22, 2023
कांग्रेसको अनुशासन समितिले पायो पूर्णता, निर्वाचन समितिमा निवर्तमान महान्यायाधीवक्ता खाती मनोनीत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय अनुशासन समिति र निर्वाचन समितिमा सदस्यहरू मनोनीत गरेका छन्। देउवाले आयोगको सदस्यमा ४ जना र निर्वाचन समितिको संयोजकमा खम्मबहादुर खातीलाई मनोनीत गरेका हुन्।

देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (७) बमोजिम केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा गठित समितिको सदस्यमा केन्द्रीय सदस्यहरू ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई मनोनयन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यससँगै कांग्रेसकाे अनुशासन समितिले पूर्णता पाएकाे छ। न्याैपाने र वाग्ले देउवा पक्षका हुन् भने गाैतम र काेइराला इतर समूह (शेखर-गगन) समूहका हुन्।

त्यसैगरी, कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३५ बमोजिम निर्वाचन समितिको रिक्त संयोजक पदमा निवर्तमान महान्यायाधिवक्तासमेत रहेका खातीलाई मनोनयन गरिएको छ।

निर्वाचन समितिका संयाेजक गाेपालकृष्ण घिमिरे नेपाल बार एशाेशियसनकाे अध्यक्ष भएपछि उक्त पद रिक्त थियाे।

प्रकाशित: ५ भदौ २०८० १६:०३ | Tuesday, August 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast