राष्ट्रपतिले संविधान विपरीत सक्रियता बढाएको एमालेको आरोप, सर्वदलीय बैठकमा अनुपस्थित

हिमाल प्रेस ५ भदौ २०८० ९:१३ | Tuesday, August 22, 2023
राष्ट्रपतिले संविधान विपरीत सक्रियता बढाएको एमालेको आरोप, सर्वदलीय बैठकमा अनुपस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको पहिलो सर्वदलीय बैठक नै विवादास्पद बनेको छ।

संसद्‍को गतिरोधप्रति चिन्ता गर्दै राष्ट्रपतिले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको बैठक बोलाए पनि प्रमुख प्रतिपक्षी दल एमालेले आपत्ति जनाएको हो।

संसद्को गतिरोधलगायत विषयमा छलफल गर्न राष्ट्रपतिको आह्वानमा आज शीतल निवासमा सर्वदलीय बैठक बोलाइएको छ।

राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने भएको छ। राष्ट्रपतिले बोलाएको बैठकमा एमाले सहभागी नजाने एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले बताए।

‘हिजो हामी प्रधानमन्त्रीले बोलाउनुभएको बैठक ४ बजेदेखि कुरिरहेका थियौं । राति ८ बजेदेखि बल्ल सर्वदलीय बैठकमा जुट्यौं। साढे १० बजेपछि बल्ल बैठक सक्यौं। सदनको अवरोध हटाउन प्रधानमन्त्रीले प्रयास गरेर हामी निरन्तर बैठकमा बस्दै आएका हौं,’ नेम्वाङले भने। ‘यसैले हाम्रो अध्यक्ष, म र सचेतकहरू राष्ट्रपतिको बोलाएको बैठकमा खबर पनि छैन जाँदा पनि जाँदैनौं ।’

एकातिर प्रयत्न भइरहेका बेला राष्ट्रपतिले बैठक बोलाएपछि ओलीले सर्वदलीय बैठकमा आपत्ति जनाएका थिए।

सोमवार अबेर रातिसम्म बसेको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार बाहिरबाट समातिएको सुन सम्बन्धमा छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नेबारे दलहरू सहमति नजिक पुगेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीओले गरिरहेको अनुसन्धान टुंग्याएपछि त्यस्तो आयोग गठन गर्न सत्तापक्ष तयार भएको छ।

प्रकाशित: ५ भदौ २०८० ९:१३ | Tuesday, August 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast