एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु हुँदै

हिमाल प्रेस ५ भदौ २०८० ७:५४ | Tuesday, August 22, 2023
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु हुँदै

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ। ललितपुरको बालकुमारीमा बस्ने बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय संगठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिने छ।

पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका तथा संगठन निर्माणमा भएका गतिविधिबारे मातहतका कमिटीले केन्द्रलाई प्रतिवेदन प्रस्तुत गरेपछि केन्द्रीय कमिटी बैठकबाट महाधिवेशनको टुंगो लगाइने महासचिव घनश्याम भुसालले जानकारी दिए।

उनका अनुसार यही भदौ ७ गतेसम्म चल्ने बैठकमा राजनीतिक परिस्थिति एवं घटनाक्रमका साथै संगठनको पुनःगठन, पार्टीको भूमिकालाई सशक्त बनाउने विषयमा छलफल गरिने छ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको वैचारिक दृष्टिकोणसहितको राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले सांगठनिक प्रतिवेदन बैठकमा छलफलका लागि पेस गर्ने जनाइएको छ।

ती दुवै प्रतिवेदनमा आवश्यक सुझावसहित परिमार्जन गरिने छ। समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा देखिएका चुनौती तथा सम्भावनाबारे समेत बैठकमा बहस हुने महासचिव भुसालले बताए।

प्रकाशित: ५ भदौ २०८० ७:५४ | Tuesday, August 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast