सुनकाण्डमा शक्तिशाली अन्तर्राष्ट्रिय गिरोह सक्रिय छ : ओली

हिमाल प्रेस ४ भदौ २०८० २०:००
6
SHARES
सुनकाण्डमा शक्तिशाली अन्तर्राष्ट्रिय गिरोह सक्रिय छ : ओली

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले मुलुकको परिवर्तनका लागि राजनीति गरेको बताएका छन्।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज (सोमबार) केन्द्रीय सदस्यमा मनोनीत छक्कबहादुर लामालाई शपथ ग्रहण गराउँदै उनले एमाले सरकारमा पुग्न र मन्त्री हुनका लागि राजनीति गर्ने पार्टी नभई मुलुकको परिवर्तन गर्नका लागि राजनीति गरेको स्पष्ट पारे।

‘प्रधानमन्त्री, सभामुख, मन्त्री, मुख्यमन्त्री हुनका लागि राजनीति गर्ने पार्टी होइन। देशमा परिवर्तन ल्याउनका लागि राजनीति गर्ने पार्टी हो,’ उनले भने, ‘जनताको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि राजनीति गर्ने पार्टी हो।’

अध्यक्ष ओलीले मुलुकलाई ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई गन्तव्यका साथ अगाडि बढाउने योजनाका साथ एमाले पार्टी अगाडि बढेको बताए। उनले भ्रष्टाचार र तस्किरी रोक्नका लागि भनेर आफूहरूले छानबिन समिति गठनको माग गरेको बताए। उनले सुन तस्करीमा शक्तिशाली अन्तर्राष्ट्रिय गिरोह सक्रिय रहेकाले छानबिन आवश्यक रहेको बताए।

उनले अहिलेको भद्रगोलस्थितलाई समृद्धिको बाटोमा लैजान आफूले खोजिरहेको भन्दै मुलुकमा कानुनको राज र संविधानसम्मत चल्नुपर्ने भनाइ राखे।

साउन २९ गते बसेको एमाले सचिवालय बैठकले लामासहित केदार न्यौपानेलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो। रासस

प्रकाशित: ४ भदौ २०८० २०:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast