राखेपका सदस्यसचिवलाई स्पष्टीकरण

हिमाल प्रेस ३० कार्तिक २०७९ ११:१८ | Wednesday, November 16, 2022
राखेपका सदस्यसचिवलाई स्पष्टीकरण

काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई स्पष्टीकरण सोधेको छ।

माओवादी केन्द्रको प्रचारप्रसारमा रामेछाप पुगेपछि उनलाई आयोगले पत्र काटेको हो।

निर्वाचन आचारसंहिता अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ।

दलको प्रचारप्रसार गरेको ठहर भएमा आयोगले कारबाही गर्ने भएको छ।

प्रकाशित: ३० कार्तिक २०७९ ११:१८ | Wednesday, November 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast