काठमाडौँ- आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई पेको प्रमुख कार्यकारी अधिकृतमा प्रवीण रेग्मी नियुक्त भएका छन्। ‘इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन’मा स्नातक र ‘विजनेश एड्मिनिस्ट्रेसन’मा स्नातकोत्तर रेग्मीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा डेढ दशक काम गरेको अनुभव छ। रेग्मीले पेमेन्ट सिस्टम, बैंकिङ, टेक्नोलोजी र टेलिकमका क्षेत्रमा विशेष दख्खल राख्छन्।
पानीपोखरीस्थित आइएमई ग्रुपको प्रधान कार्यालयमा मंगलबार नवनियुक्त कार्यकारी अधिकृतको स्वागतका लागि विशेष कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रममा रेग्मीलाई आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष एवम् ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले स्वागत गरे। अध्यक्ष ढकालले रेग्मीको नेतृत्वसँगै कम्पनीले नयाँ उचाइँ प्राप्त गर्ने विश्वास व्यक्त गरे।
प्रकाशित: २७ मंसिर २०७९ १७:४५ | Tuesday, December 13, 2022
प्रतिक्रिया




