स्पेन बन्यो फिफा महिला विश्वकप च्याम्पियन

हिमाल प्रेस ३ भदौ २०८० १७:५६
36
SHARES
स्पेन बन्यो फिफा महिला विश्वकप च्याम्पियन

काठमाडौँ- फिफा महिला विश्वकपले नयाँ विजेता पाएको छ। आज भएको फाइनल खेलमा युरोपियन च्याम्पियन इंग्ल्याण्डलाई पराजित गर्दै स्पेनले पहिलोपटक फिफा महिला विश्वकपको उपाधि पक्का गरेको हो।

आज स्पेनले जित निकालेसँगै नवौँ संस्करणको महिला विश्वकपले पनि नयाँ च्याम्पियन पायो। त्यसो त इंग्ल्याण्ड पनि पहिलोपटक विश्वकपको फाइनल पुगेको टिम हो।

सिड्नीको स्टेडियममा आइतबार भएको फाइनलमा स्पेनले इंल्याण्डलाई १–० गोलले पराजित गर्‍यो। खेलको २९ औं मिनेटमा कप्तान ओल्गा कामोनाले गरेको गोल र्नै स्पेनका लागि निर्णायक बन्यो।

खेलको ६९ औँ मिनेटमा जेनिफर हमोसोले हानेको पेनाल्टी प्रहार इंग्ल्याण्डकी गोलरक्षक मेरी इयपयर्सले सहजै बचाइन्।

पेनाल्टी एरियामा ह्याण्ड भएपछि स्पेनले पेनाल्टीको मौका पाएको थियो। खेलको ४९ औं मिनेटमा मारियोना क्याल्डेन्टीको प्रहार इंग्ल्याण्डकी गोलरक्षकले जोगाउँदा अग्रता दोब्बर पार्ने मौका गुमायो।

यसअघि अमेरिकाले चार पटक, जर्मनीले दुई तथा नर्वे र जापानले समान एक पटक यो उपाधि उचालेका थिए।

प्रकाशित: ३ भदौ २०८० १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast