संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीको पहल

हिमाल प्रेस ३ भदौ २०८० १३:२३ | Sunday, August 20, 2023
संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीको पहल प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले आइतबार सिंहदरबारमा डाकेको संसद्‌मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलको बैठक। तस्बिर : रासस

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत एक महिनादेखि अवरुद्ध संघीय संसद् बैठक सञ्चालन गर्न पहलकदमी थालेका छन्। प्रधानमन्त्री प्रचण्डले संसद्‌मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूको बैठक आइतबार सिंहदबारमा सिंहदरबारमा डाकेका हुन्।

बैठकमा प्रधानमन्त्रीले संसद्को जारी गत्यावरोध अन्त्य गर्न, ऎनकानुन बनाउन र देश र जनताका दैनिक समस्याबारे छलफल गर्नेछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको बैठकमा मुलुकमा देखापरेको पछिल्ला समस्याका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले साउन १० गतेदेखि संघीय संसद्का दुवै सदनको बैठक अवरुद्ध गर्दै आएको छ। सोही कारण महत्त्वपूर्ण विधेयक अगाडि बढ्न सकेको छैन। प्रधानमन्त्रीले डोकको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउत लगायत आमन्त्रित छन्।

एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदनमा अवरोध गर्दै आएको छ। सरकार र सत्तागठबन्धनमा आबद्ध रहेका दल भने सरकारी संरचनाले नै छानबिन गर्ने अडानमा छन्। प्रतिनिधिसभाको आइतबार १ बजेका लागि डाकिए पनि बस्न सकेको छैन।

प्रकाशित: ३ भदौ २०८० १३:२३ | Sunday, August 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast