काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै संकटमा पर्ने बताएका छन्।
काठमाडौँमा आयोजित कार्यक्रममा उनले २०४६ को परिवर्तन आएकोमा खुशी नभएका तत्त्वहरू अहिले पनि समाजमा विद्यमान रहेको उल्लेख गर्दै कांग्रेस मजबुत भए मात्रै लोकतन्त्र बलियो हुने बताए।
उनले पार्टीलाई विधि अनुसार चलाउन अघि बढ्नुपर्ने बताए । नेता सिंहले कांग्रेसको संगठन पनि राम्रो र बलियो बनाउँदै राजनीतिक हिसाबले दिन सक्ने सकारात्मक म्यासेज नागरिकहरूमा बाँड्नुपर्ने बताए ।
प्रकाशित: २ भदौ २०८० १४:२८ | Saturday, August 19, 2023
प्रतिक्रिया



