शनिबार यी स्थानमा विद्युत् अवरुद्ध हुने

हिमाल प्रेस १ भदौ २०८० ६:५६ | Friday, August 18, 2023
शनिबार यी स्थानमा विद्युत् अवरुद्ध हुने

काठमाडौँ- काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार (भोलि) विद्युत् सेवा अवरुद्ध हुने भएको छ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौंका विभिन्न ५० भन्दा बढी क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुन लागेको हो।

नेपाल विद्युत् प्राधिकरणका अनुसार स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरूमा बिहान १० बजेदेदि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने छ।

प्रकाशित: १ भदौ २०८० ६:५६ | Friday, August 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast