काठमाडौँ- विश्व प्रकृति संरक्षण नेपाल (डब्ल्यूडब्ल्यूएन) को अध्यक्षमा तिलक ढकाल चयन भएका छन्।
काठमाडौँमा भएको डब्ल्यूडब्ल्यूएनको नवौं साधारणसभाले उनको अध्यक्षता ९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो।
उपाध्यक्षमा गौरी मालाकार, सचिवमा राईबहादुर राई र कोषाध्यक्षमा सुशीला नेपाली चयन भएका छन्।
त्यस्तै सदस्यमा कृष्णलाल चौधरी, अनिलसिंह बस्नेत, योगेश्वर राई, गीता गुरुङ कार्की र हरिनारायण त्रिपाठी चयन भएका छन्।
प्रकाशित: ३२ साउन २०८० २१:१८
प्रतिक्रिया