लुम्बिनी विकास बैंकका दुई नयाँ शाखाको सुरुवात

हिमाल प्रेस २७ मंसिर २०७९ १३:०७
4
SHARES
लुम्बिनी विकास बैंकका दुई नयाँ शाखाको सुरुवात

काठमाडौँ- लुम्बिनी विकास बैंक लिमिटेडले एकैदिन दुई नयाँ शाखा कार्यालय र एक एक्सटेन्सन काउन्टरको सुरुवात गरेको छ। बैंकले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. १ इमाडोल र भक्तपुरको कमलविनायकमा शाखा सुरु गरेको हो।

यी दुईसँगै लुम्बिनी विकास बैंकको शाखा संख्या ८८ पुगेको छ। बैंकले ललितपुरको गोदावरी नगरपालिका ५ लेलेमा एक्सटेन्सन काउन्टर पनि सुरु गरेको छ।

इमाडोल शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष प्रविणकृष्ण श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठले संयुक्त रूपमा गरेका हुन्।

त्यसैगरी कमलविनायक शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले गरे।

साथै, लेले एक्सटेन्सन काउन्टरको उद्घाटन बैंकका सञ्चालक प्रतापकुमार आचार्य र गोदावरी नगरपालिका वडा नं. ५ का अध्यक्ष मिलन सिलवालले गरेका हुन्।

प्रकाशित: २७ मंसिर २०७९ १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =