क्रिकेटर सन्दीप लामिछानेको आज अन्तिम सुनुवाइ

हिमाल प्रेस ३२ साउन २०८० ८:३४ | Thursday, August 17, 2023
क्रिकेटर सन्दीप लामिछानेको आज अन्तिम सुनुवाइ फाइल तस्बिर

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ बिहीबार हुँदैछ।

विभिन्न कारण देखाएर निरन्तर स्थगन हुँदै आएको लामिछानेको मुद्दा आज पनि पहिलो नम्बरमा रहेको छ।

बलात्कार आरोप लागेका लामिछाने पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बावे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन। तर यसअघि पटक(पटक स्थगित भएका कारण मुद्दाको सुनुवाइ आज पनि निरन्तर होला कि नहोला अन्योलता कायमै छ।

यद्यपि अदालतले सबै प्रक्रिया पूरा भएकाले अन्तिम सुनुवाइ हुनेमा सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरे विश्वस्त छन्।

 

प्रकाशित: ३२ साउन २०८० ८:३४ | Thursday, August 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast