एसियन अवार्ड ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ विनोद चौधरीलाई

हिमाल प्रेस ३१ साउन २०८० १४:५४ | Wednesday, August 16, 2023
एसियन अवार्ड ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ विनोद चौधरीलाई

काठमाडौँ- एसियन अवार्ड ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ चौधरी ग्रूपका अध्यक्ष एवं सांसद विनोद चौधरीले पाउने भएका छन्। उक्त अवार्ड दुबईस्थित म्यूजियम अफ दि फ्युचर भवनमा आगामी ७ अक्टोबरमा चौधरीलाई हस्तान्तरण गरिनेछ।

व्यवसाय, कला, प्रविधि, राजनीति, खेलकुद तथा समाज सेवामा योगदान पुर्‍याएका व्यक्तिलाई उक्त अवार्डबाट सम्मानित गरिँदै आएको छ।

यसअघि उक्त अवार्डबाट आर्ट अफ लिभिङका सस्थापक रविशंकर, सर वेन किङ्स्ले, ब्रुसली, सचिन तेन्दुलकर, ज्याकमा, मदर टेरेसा, फ्रेडी मर्करी, अभिनेता ज्याकी च्यानलगायत सम्मानित भएका छन्।

नेपालका एकमात्र डलर अर्बपति एवं फोब्र्समा सूचिकृत उद्योगी एवं समाजसेवी चौधरीले फाउन्डेसनमार्फत नेपालमा प्रभावकारी काम गर्दै आएकाले उनी उक्त पुरस्कारबाट सम्मानित हुने भएका छन्।

चौधरीले २०७२को महाभुकम्पपछि भूकम्पपीडितका लागि करिब ३ हजार घर बनाएका थिए। विभिन्न १० जिल्लामा घर बनाएर पीडितलाई हस्तान्तरण गरेका थिए।

त्यस्तै चौधरी फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६१ ओटा पक्की घर निर्माण गरेको थियो। भुकम्पका बेलामा गरेको योगदानमाथि फोब्र्स एसियाले विनोद चौधरीको कभर स्टोरी प्रकाशित गरेको थियो।

त्यस्तै कोभिड प्रभावितको उपचारलाई सहज बनाउन वीर अस्पतालमा १८ बेडको आईसीयू निर्माण गरी सञ्चालनमा ल्याएको थियो। त्यस्तै फाउण्डेसनले कान्तिबाल अस्पतालको आकस्मिक वार्ड (इमर्जेन्सी वार्ड) पनि निर्माण गररेको थियो। कोभिडको बेला फाउन्डेसनले सरकारलाई पीसीआर रिएजेन्ट र भेन्टिलेटरहरू पनि सहयोग गरेको थियो।

प्रकाशित: ३१ साउन २०८० १४:५४ | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast