रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत सोङबीच छलफल

हिमाल प्रेस ३१ साउन २०८० १३:२४ | Wednesday, August 16, 2023
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत सोङबीच छलफल

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच बुधबार पार्टी कार्यालय वनस्थलीमा भेटघाट भएको छ।

उक्त भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको रास्वपाले बताएको छ।

‘मुलुकको आर्थिक विकास, सुशासन र ग्रामिण विकासका विषयहरूमा छलफल भएको सो अवसरमा राजदूत सोङले उत्तरी सीमा क्षेत्रमा भएको समस्याप्रति ध्यानाकर्षण भएको र सोको यथासशीघ्र समाधानका पहल गरिने बताउनु भएकोछ,’ भेटबारे रास्वपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सभापति लामिछानेले आफूहरू एक चीन नीतिप्रति प्रतिबद्ध रहेको जनाएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘भेटमा सभापति लामिछानेले रास्वपा एक चीन नीतिप्रति अडिग रहेको समेत अवगत गराउनुभएको थियो।’

उक्त भेटमा प्रतिनिधिसभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्यद्वय लिमा अधिकारी र प्रतिभा रावल लगायतको सहभागिता रहेको रास्वपाले जनाएको छ।

प्रकाशित: ३१ साउन २०८० १३:२४ | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast