भ्रष्टाचारका फाइल पत्रकारिताका माध्यमबाट बाहिरिएका हुन् : सोमप्रसाद पाण्डे

हिमाल प्रेस ३१ साउन २०८० १२:०५ | Wednesday, August 16, 2023
भ्रष्टाचारका फाइल पत्रकारिताका माध्यमबाट बाहिरिएका हुन् : सोमप्रसाद पाण्डे

लुम्बिनी- नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले मुलुकलाई सुशासन र समृद्धिको बाटोमा लैजानका लागि पत्रकारिता क्षेत्र लाग्नुपर्ने बताएका छन्।

समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेशले मंगलबार बाँकेको कोहलपुरमा आयोजना गरेको वृहत् रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै पछिल्लो समयमा पत्रकारिता क्षेत्रले सकारात्मक भूमिका खेलेको बताएका हुन्।

उनले पछिल्लो पटक भ्रष्टाचारका मुद्दा उजागर गर्नमा पत्रकारिताले महत्वपूर्ण योगदान गरेको बताए। ‘सुनकाण्ड, ललिता निवास जस्ता भ्रष्टाचार काण्डलाई पत्रकारिताले उजागर गरेको छ,’ पाण्डेले भने।

उनले नेपाली पत्रकारिताले मुलुकको परिवर्तनमा पनि ठूलो योगदान गरेको बताउदै अब सुशासन र समृद्विको मुद्दामा पत्रकारिता क्षेत्र केन्द्रित हुनुपर्ने बताए।

‘मुलुकमा सुशासनका बाधकका रूपमा रहेको भ्रष्टाचार काण्डलाइ जसरी उजागर गरेको छ,’ यसलाई प्रमाणका आधारमा समाचार सम्प्रेषण गर्न अनुरोध गर्छु उनले भने।

 

प्रकाशित: ३१ साउन २०८० १२:०५ | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast