३० लाख रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

हिमाल प्रेस ३१ साउन २०८० ६:४० | Wednesday, August 16, 2023
३० लाख रकमसहित दुई चिनियाँ नागरिक पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अवैध रकमसहित दुईजना चिनियाँ नागरिकलाई आज पक्राउ गरेको छ।

चिनियाँ नागरिक गाओ हुई र ताङ जिङसँग ३० लाख अवैध रकम फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।

उनले भने, ‘अवैध रकम फेला परेपछि दुई जनालाई नियन्त्रणमा लिइएको हो, आज विविध कारणले उनीहरूलाई राजस्व अनुसन्धान विभागमा बुझाउन सकिएन, भोलि बुझाइने छ।’

प्रकाशित: ३१ साउन २०८० ६:४० | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast