भौतिक पूर्वाधारमन्त्री ज्वालाले गरे सडक निरीक्षण

हिमाल प्रेस ३० साउन २०८० २१:०० | Tuesday, August 15, 2023
भौतिक पूर्वाधारमन्त्री ज्वालाले गरे सडक निरीक्षण

काठमाडौँ- भौतिक भूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले महाराजगञ्जस्थित नारायण गोपाल चोकदेखि बूढानीलकण्ठसम्म सडक निरीक्षण गरेका छन्। निरीक्षणपछि पानी चुहिँदा बाटो बिग्रिने खाल्टाखुल्टी हुने स्थिति देखिएको बताउँदै सम्बन्धित निकायलाई मर्मत गर्न निर्देशन दिइसकेको उनले बताए।

‘हामीले स्थलगत रूपमै आएर हाम्रा कार्यालय र कन्ट्र्याक्टर दुवै पक्षलाई छिटोभन्दा छिटो सडकमा देखिएका खाल्टाखुल्टी, व्यवस्थित एवं खाल्टाखुल्टी मर्मत गर्नका निर्देशन दिएका छौँ, उहाँहरूले तीव्ररुपमा काम अगाडि बढाइ रहनुभएको छ,’ उनले भने।

काठमाडौँलगायत अन्य स्थानमा विभिन्न कारणले सडक खाल्टाखुल्टी भएको बताउँदै उनले सम्बन्धित सबै निकायलाई समन्वय गरेर समस्याको समाधान गर्न निर्देशन दिएको जानकारी दिए। निरीक्षणका क्रममा राज्यमन्त्री नन्दा चपाईँ र मन्त्रालयका सचिव केशव शर्माको पनि सहभागिता थियो।

प्रकाशित: ३० साउन २०८० २१:०० | Tuesday, August 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast