पाेखरामा मनाइयाे ट्होंटे पर्व

हिमाल प्रेस ३० साउन २०८० १७:३८ | Tuesday, August 15, 2023
पाेखरामा मनाइयाे ट्होंटे पर्व

पाेखरा- पोखराका गुरुङ समुदायले मंगलबार आफ्नो परम्परागत सांस्कृतिक पर्व ट्होंटे मनाएका छन्। उनीहरूले विभिन्न भावभंगीमा सजिएर र्‍याली गर्दै पर्व मनाएका हुन्।

तमु धिं नेपालको आह्वानमा भएको उक्त कार्यक्रममा गुरुङ समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो। पर्वकाे अवसरमा विभिन्न ठाउँबाट पोखरामा भेला भएका गुरुङ समुदायले विभिन्न ठाउँमा र्‍याली गरेका थिए।

र्‍यालीमा उनीहरू आफ्नो कला संस्कृति झल्किने परम्परागत भेषभूषामा सजिएका थिए। पुरुषहरू भाङ्ग्रा, भोटो, आस्कोट, कछाडमा र महिलाहरू छिट्को गून्यू, टिकिस, घलेक र पटुकामा चिटिक्क सजिएका थिए।

भूतप्रेत हट्ने विश्वासका साथ केहीले भूतप्रेतजस्तो बनी मुखमा कालोमोसो दल्नुका साथै मुखुण्डो लगाएका थिए। तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले विगतमा गाउँघरमा भुतप्रेत धपाउने र रोगब्याधी नलागोस् भन्ने उद्देश्यले सो पर्व मनाउने चलन रहेकोमा पछिल्लो समय संस्कृतिको संरक्षणसँगै समाजका व्याप्त विकृति–विंसगति अन्त्यको कामना गर्दै मनाउने चलन रहेको बताए।

ट्होंटे साउन र चैतको अन्तिम मंगलबार गरी वर्षमा दुई पटक मनाइने गरिन्छ। गुरुङ भाषामा ‘ट्हो’ को अर्थ राज्य र ‘टे’ को अर्थ धपाउने भन्ने हुन्छ। राज्यबाट शत्रूलाई भगाउनु तथा धपाउनु नै  ट्होटे हो।

ट्होटें पर्व मनाउनाले रोग, ब्यधा हट्ने, प्राकृतिक प्रकोप न्यूनीकरण हुने, खेतीबाली राम्रो हुने, सुख–शान्ति प्राप्त हुने जनविश्वास छ। पोखरामा यो पर्व मनाउन शिक्षण संस्थामा बिदा दिइएको थियो।

प्रकाशित: ३० साउन २०८० १७:३८ | Tuesday, August 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast