३० लाख रुपैयाँसहित सुन तस्करी प्रकरणमा जोडिएका तीन चिनियाँ नागरिक पक्राउ

हिमाल प्रेस ३० साउन २०८० १३:५५ | Tuesday, August 15, 2023
३० लाख रुपैयाँसहित सुन तस्करी प्रकरणमा जोडिएका तीन चिनियाँ नागरिक पक्राउ तस्करीको सुन पगालिँदै

काठमाडौँ- प्रहरीले सुन तस्करी प्रकरणमा जोडिएका तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा जोडिएका तीन जनालाई ३० लाख रुपैयाँसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो। उनीहरूलाई कुन क्षेत्रबाट पक्राउ गरिएको खुलाइएको छैन।

पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन्। झाओ हुई, जोङ छ्याङ र ताङ जिङ पक्राउ परेको सीआईबीले जानकारी दिएको छ। साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले तस्करीको सुन बरामद गरेको थियो। सय किलो भनिएको उक्त ब्रेक सुसहितको सुन ब्रेक सुबाट निकालेर जोख्दा ६० किलो ७८९ ग्राम भएको छ। आज उक्त सुन पगालेर पुन जोखिँदैछ।

यो प्रकरणमा हालसम्म २३ जना पक्राउ परेका छन्। त्यसमध्ये यसअघि नै एकजना हाजिरी जमानीमा छुटेका छन्।

प्रकाशित: ३० साउन २०८० १३:५५ | Tuesday, August 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast