केशव स्थापित एमालेको ‘सक्रिय’ राजनीतिबाट बिदा

हिमाल प्रेस ३० साउन २०८० ८:४६
14
SHARES
केशव स्थापित एमालेको ‘सक्रिय’ राजनीतिबाट बिदा

काठमाडौँ- नेकपा एमाले नेता केशव स्थापित सक्रिय राजनीतिबाट बिदा लिएका छन्।

हाल नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य रहेका स्थापितलाई पार्टीले बिदा दिएको हो। सोमबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले उनलाई ‘बिदा’ दिएको हो।

 स्थापित गएको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख लडेका थिए।

उनी तेस्रो भए। पछिल्लो समय उनी निष्कृय जस्तै थिए। आउँदा निर्वाचन नलड्ने घोषणा गरेका उनलाई एमालेले जिम्मेवारीबाट हटाएको एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए।

विगतमा पनि विभिन्न पार्टी परिवर्तन गरेका उनी अब भने सक्रिय राजनीतिबाटै बिदा लिने तयारीमा छन्। उनी २०५४ सालमा काठमाडौँको मेयर बनेका थिए।

 पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पुनः मेयरमै मनोनीत भएका थिए।

त्यसपछि एमाले छाडेर प्रजा परिषद् ब्युँताउन लागेका उनी एमाले विभाजन भएर बनेको अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा क्रियाशील भएका थिए।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–६ बाट उम्मेदवारसमेत बनेका थिए।

तत्पश्चात् एमाले फर्किएर काठमाडौं ६ बाटै प्रदेश सभा सदस्य निर्वाचित भएका उनी बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए। पछि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद भएपछि मन्त्री पदबाट हटाइएका थिए।

उनीसँगै सिराहाका प्रमोद नारायण यादवलाई बिदा दिने निर्णय गरेको छ।

प्रकाशित: ३० साउन २०८० ८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast