माधव नेपाल निकट अखिललाई लाग्यो महाधिवेशन

हिमाल प्रेस ३० साउन २०८० ६:२८ | Tuesday, August 15, 2023
माधव नेपाल निकट अखिललाई लाग्यो महाधिवेशन

काठमाडौँ- अनेरास्ववियूको २३ औँ महाधिवेशन आयोजक कमिटी गठन हुने भएको छ।

आयोजक कमिटी गठनका लागि स्थायी कमिटी बैठकको मिति तय गर्न सोमबार पदाधिकारी बैठक बसेको थियो।

केन्द्रीय पदाधिकारीको बैठकले विभिन्न एजेन्डामा छलफल गरी स्थायी कमिटी बैठकको मिति तोक्ने र सोही बैठकले आयोजक कमिटी गठन गर्ने अध्यक्ष सुदेश पराजुलीले बताए।

अनेरास्ववियू स्रोतका अनुसार आउँदो महाधिवशेनबाट पराजुली बिदा हुँदैछन्। आयोजक कमिटीमा पराजुलीले नेतृत्व गर्ने वा नगर्ने विषयमा भने स्थायी कमिटीमा छलफल हुनेछ।

प्रकाशित: ३० साउन २०८० ६:२८ | Tuesday, August 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast